सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ ।

उहाँले आज प्रदेशसभा बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्दा  हुन्छ भन्ने सदस्यको सङ्ख्याभन्दा हुन्न भन्ने सदस्यको सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0