कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संविधानको रक्षा र त्यसको सफल प्रयोगबाट मात्र सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुने बताउनुभयो ।

सोही क्रममा प्रदेश प्रमुख परियारले निवर्तमान सरकारका अधुरा योजना पूरा गर्न, नीति, योजना र कार्यक्रम वैज्ञानिक ढङ्गले सञ्चालन गरी कर्णालीवासीको आवश्यकता सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली र भेरी करिडोरको निर्माणकार्य सम्पन्न हुनुपर्छ । सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोडेर विद्युतीकरण, सिँचाइ नहर र कुलोको काम सम्पन्न गर्न समेत तीनै तहका सरकारले प्राथमिकतामा राखिनुपर्दछ ।” सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी लोपोन्मुख राउटे र बादी समुदायको समस्या समाधान गर्न उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0