कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गर्नुभएको छ ।

सत्ता गठबन्धन दल नेकपा (एमाले)बाट गुरुङ यही माघ १ मा सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको प्रदेश कमिटी सदस्यबाट परित्याग गरिएको जानकारी दिनुभयो ।

विज्ञप्तिमा सभामुख गुरुङले भन्नुभएको छ, “सभामुख पदका हिसाबले साझा भूमिका रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।” सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँ बीरेन्द्रनगर नगरपालिका-२ सुर्खेत निवासी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0