सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

गएराति साढे दुई बजेतिर बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर नगरपालिका-११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनामा परी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको छ ।

यस्तै,घाइते हुनेमा भैरवी गाउँपालिका ५ दैलेखका वर्ष २६ का वीरेन्द्रराज शाही रहेका छन । उनको उपचार प्रदेश अस्पताल सुर्खेतमा भइरहेको प्रहरीले जानकारी गराएको छ ।

गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0