दुल्लू नगरपालिका वडा नं. ८ ले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले अँग्रेजी माध्यमको शिक्षण सिकाई कार्यक्रम ‘ईङ्लीस फर टिचर्स (ईएफटी)’ ४२ घण्टे तालिम सुरु गरेको छ ।
एक्सपर्टेक कम्यूनिकेशन प्रा.लि. ले सञ्चालन गरेको उक्त कार्यक्रम २०७९ माघ ७ गतेदेखी १३ गतेसम्म ४२ घण्टा चल्नेछ । विषयविज्ञहरुलाई उपस्थित गराउँदै ग्रामिण क्षेत्रका विभिन्न समस्याहरुलाई निराकरणका लागि तालिम एवम् परामर्श दिँदै आएको एक्सपर्टेक कम्यूनिकेशन प्रा.लि. सँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको दुल्लू नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुशील कुमार भण्डारीले बताउनुभयो ।
‘अँग्रेजी भाषाकै कारण निजि विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्दै गएको र सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको हेर्ने दृष्टिकोण फरक छ ।’ एक्सपर्टेक कम्यूनिकेशन प्रा.लि. का प्रवन्ध निर्देशक भुपेन्द्र पाण्डेयले भन्नुभयो ‘यही परिप्रेक्षमा सामुदायिक
विद्यालयमा नै विद्यार्थीलाई अँग्रेजी भाषाको राम्रो शिक्षण गर्न सकेमा विद्यार्थी र अभिभावक सामुदायिक विद्यालयप्रति आकर्षित गर्न सकिन्छ ।’
भाषाकै कारण निजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयलाई भईरहेको हेपाहा प्रवृत्तीको अन्त्य गर्न र जनसमुदायको विश्वास बढाउन पनि जरुरी देखिएकोले शिक्षकहरुकै लागि कोर्ष डिजाईन गरि तालिम
दिईरहेको निर्देशक पाण्डेयले बताउनुभयो ।
सुभारम्भ कार्यक्रममा नगरपालिका उपप्रमुख विना कार्की, प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल, शिक्षा इकाई प्रतिनिधी विकाश जंग शाही लगायतको उपस्थिती रहको थियो ।
कार्यक्रममा अतिथीको रुपमा उपस्थित सबैले प्रशिक्षण लिने शिक्षकहरुलाई शुभकामना दिनुभएको थियो । ‘हामी समयअनुसार परिवर्तन हुनुपर्छ र समयअनुसारको शैक्षिक परिवर्तन हाम्रा विद्यार्थीहरुलाई चाहिन्छ ।’ कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर उपप्रमुख कार्की ले भन्नुभयो’ निशुल्क शिक्षा दिईरहेको सरकारी विद्यालय अब अभिभावक र विद्यार्थीको पहिलो रोजाई हुनुपर्छ । यो शिक्षक परिवर्तन भएपछि मात्र विद्यार्थीलाई परिवर्तन गर्न सकिन्छ ।’

यसैगरी दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले सहभागि शिक्षकहरुलाई शिक्षण पेशालाई जागिर खाने पेशा नसम्झी गुरु भन्नुपर्ने सुझाव दिनुभएको थियो ।
‘हामी शिक्षकले विद्यार्थीलाई जस्तो बनाउँन खोज्यौँ त्यस्तै बन्छन् ।’ कार्यक्रममा बोल्दै नेपालले भन्नुभयो ‘बदलिँदो युगमा अँग्रेजी भाषामा राम्रो ज्ञान नभए अन्तर्राष्ट्रिय स्तरको विकाश मोडेल देखि नयाँ प्रविधियुक्त वातावरणमा पनि हाम्रा विद्यार्थी अनविज्ञ
हुन्छन् । त्यसैले सुरुवात हामीबाटै गरौँ, आजबाटै गुरु बन्नका लागि तयार होऔँ ।’
यस्तै शिक्षा ईकाई प्रमुख विकाश जंग शाहीले शैक्षिक परिवर्तन नगरे समाज परिवर्तन नहुने कुरा बताउँदै सिकाईलाई उपलब्धीमुलक बनाई विद्यालयमा लागु गर्न सल्लाह दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0