कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “जातीय तथा सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष तथा न्वागी पूजाका रूपमा हर्षोल्लासपूर्वक धुमधामसँग मनाउने गर्दछन् । जसले आपसी मनोरञ्जन दिनुका साथै हामीबीचको बन्धुत्व, सद्भाव र पारस्पारिकता कायम गर्न मद्दत पुगेको छ ।” मुलुकमा प्रचलित यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो दायित्व भएको उहाँले बताउनुभएको छ । प्रदेश प्रमुख परियारले तामाङ समुदायको यस पर्वले सबै नेपालीमा नयाँ उमङ्ग ल्याउन र शान्तिको सन्देश फैलाउँदै राष्ट्रिय एकता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0