आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । जारी पुँजी अन्तर्गत  रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीले प्रतिशेयर रु एक सय दरले दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण शेयर खुल्ला गरिने जनाएको छ ।
जसमा २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई, तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारीलाई र १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सार्वजनिक आह्वानपत्रानुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन दिनसक्नेछन । त्यस्तै सर्वसाधारणले भने  आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0