काठमाडौं । पाहुना टोलि श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले एक खेल बाँकी छँदै जितेको छ ।
बिहिबार भएको दोश्रो खेलमा घरेलु टोलिसँग श्रीलंका ४ विकेटले पराजित भएको हो ।
कोलकताको इडन गार्डेनमा भएको खेलमा श्रीलंकाले दिएको २ सय १६ रनको लक्ष्य घरेलु टोलीले ४३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि केएल राहुलले अविजित ६४ रनको अर्धशतक पूरा गरे । उपकप्तान हार्दिक पाण्ड्याले ३६ श्रेयस अय्यरले २८ तथा अक्षर पटेलले २१ रन बनाए । यस्तै शुभमन गिलले २१ रन बनाउँदा कप्तान रोहित शर्मा १७ रनमा आउट भए ।
श्रीलंकाका लाहिरु कुमारा र चमिका करुणारत्नेले समान दुई दुई तथा धनन्जय डा सिल्भा र कसुन रन्जिथाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंका ३९.४ ओभरमा अलआउट हुँदै २ सय १५ रन मै समेटिएको थियो ।
श्रीलंकाका लागि नुवानिडु फर्नान्डोले ५० रनको अर्धशतकीय ईनिङ खेले ।
भारतका कुलदिप यादव र मोहम्मद सिराजले समान तीन तीन तथा उमरान मल्लिकले दुई विकेट लिए ।
सिरिजको अन्तिम खेल आईतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0