काठमाडौं ।  लुम्बिनी अल स्टार नेपाल टी-ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ ।

टियु मैदानमा आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो  ।

आज पराजित जनकपुरले भने फाइनल प्रवेशको लागि अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ  ।

सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0