संकटा क्लबले आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरामा शनिबार  सम्पन्न फाइनल खेलमा भुटनिज युथ एससी अमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

पोखरा रंगशालामा  निर्धारित समयसम्म २–२ को बराबरीमा भएपछि  खेल अतिरिक्त समयमा धकेलिएको थियो । सुरज ज्यू ठकुरीले ८ औं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएका थिए ।  मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । त्यसको दुई मिनेट पछि  रेने सान्टिलोनले गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए ।

विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत  गोल गरेपछि खेल बराबरको स्थितीमा पुगेको थियो । अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि उपाधी संकटाले जितेको हो ।
बिजेता बनेको  संकटाले उपाधिसहित १२ लाख र दोस्रो भएको भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0