पोखरामा जारी २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज संकटा  क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब भिड्दै छन । उक्त खेल दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ ।
सेमिफाइनलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै संकटाले फाइनलमा स्थान बनाएको थियो । यस्तै अर्को सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै भुटनिज युथ स्पोर्टसले संकटासँगको फाइनल भिडन्त पक्का गरेको हो ।

प्रतियोगितका विजेताले  १२ लाख र उपविजेताले ६ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0