जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गरेको हो ।
जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा छ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।

दश खेल खेलेको लुम्बिनीले आठमा जित तथा दुई खेलमा हार बेहोरेको छ । लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १० खेलमा सात जित र तीन हारसहित जनकपुर १४ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रह्यो ।
दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0