जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क १ स ११ नम्बरको अटोरिक्सा दिउँसो २ बजेतिर तिला नदीमा खस्दा तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

सार्कीको घटनास्थलमै र थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको अटोरिक्सा तिला–३ त्रिवेणीमा कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतक दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0