कर्णालीका प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सरकार गठन गर्न कुनै पनि एक दललाई मात्रै बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परियारले आह्वान गर्नुभएको हो ।
४० सिट रहेको कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । जहाँ कांग्रेसका १४ जना , माओवादीका १३जना , एमालेका १०जना , राप्रपा र एकीकृत समाजवादीको १–१ जना तथा एक जना स्वतन्त्र सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0