एपीएफलाई हराउँदै संकटा फुटबल क्लब २२ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको सेमिफाइनल खेलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा फाइनल पुगेको हो ।

संकटाको जितमा स्टेफन विनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे ।  एपीएफका हरि कार्कीले एक गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0