किर्तिपुरमा जारी  नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाइट्स विजयी भएको छ ।

टियु मैदानमा आज भएको खेलमा काठमाडौंले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको हो । तोकिएको समयभन्दा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो ।  जसमा काठमाडौंले
विराटनगरलाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर ८.५ ओभरमा अलआउट हुँदै ५८ रनमै समेटिएको थियो ।

जितसँगै काठमाडौंले ७ खेलमा ४ जित र ३ हार बेहोरेको छ । ८ अंक सहित काठमाडौं तेस्रो स्थानमा कायमै रहेको छ ।
हारसँगै विराटनगर ७ खेलमा ४ अंक हात पारेर अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0