धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको  छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज निकओ घटबढ  अवस्थामा रहेको बजारमा नेप्से  तीन दशमलब शून्य तीन अङ्कले घटेर दुई हजार ६० दशमलब शून्य छ मा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये एक सय सात कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, एक सय दुई उपसमूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0