दाङ – दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ ।
जिल्लाका तीन निर्वाचन क्षेत्रका ४ सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको हो ।
क्षेत्र नं १ मा १ सय ५२, क्षेत्र नं २ मा १ सय ४६ र क्षेत्र नं ३ मा १ सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा १ सय ५३ मतदानस्थल छन् ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0