प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको  छ ।
शनिबार त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै एपीएफले उपाधी हात पारेको हो ।
त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
एपीएफलाई उपाधी दिलाउन भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ रन बनाए । आर्मीका जितेन्द्र मुखियाले २ तथा सोम्पाल कामी, विक्रम सोब र सुशान भारिले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले ३९ ओभरमै १ सय ७९ रनमा अल आउट भएको थियो ।
आर्मीका रोहित पौडेलले ४९,  जितेन्द्र मुखियाले २४ र सुशन भारीले १९ रन बनाए । एपिएफका मौसम ढकाल र अमरसिँह राउटेलाले ३/३ विकेट लिए ।
निर्धारित समय भन्दा ढिला सुरु भएका कारण खेल ४० ओभरमा झारिएको थियो ।
प्रतियोगिताको विजेता बनेको एपीएफ क्लबले १० लाख रुपैयाँ पायो । उता उपविजेता मै चित्त बुझाउन बाध्य भएको आर्मीले पाँच लाख रुपैयाँ पुरस्कार पायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0