नोभेम्बर २० बाट कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाले आफ्नो टिम घोषणा गरेको छ ।
शुक्रबार अर्जेन्टिनाको तर्फबाट विश्वकपका खेल्ने २६ सदस्सीय टोलीको नाम घोषणा गरिएको हो ।
अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन
विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ । अर्जेन्टिनासँगै यस समुहमा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया रहेको छ ।
अर्जेन्टिनाले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

विश्वकपका लागी अर्जेन्टिनाको टिम :-
 
गोलरक्षकइमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी

डिफेन्डर : नहुइल मोलिना, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलास ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कोस अकुना, निकोलास टाग्लिफिको र जुअन फोथ

मिडफिल्डररोड्रिगो डे पउल, लेयान्द्रो परेडेस, एलेक्सिस माक अलिस्टर, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एक्सक्वेल पालासिओस

फरवार्डएन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, जोक्वीन कोरेया, पाउलो डिबाला,  लियोनेल मेस्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0