भारतलाई हराउँदै इंग्ल्यान्ड अष्ट्रेलियामा जारी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा उपाधी दाबेदार मानिएको भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो ।
भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डलाई जित दिलाउन ओपनरद्वय  जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरे ।
अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे।
त्यसअघि एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले ।  यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान रोहित शर्माले २७, सूर्यकुमार यादवले १४,ऋषव पन्तले ६ र केएल राहुलले ५ रन बनाए
इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए ।
अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ ।   फाइनल खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0