गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्ग बुढा प्रथम भएका छन् । उनले कर्णाली प्रदेशका लागि पहिलो स्वर्ण पदक जितेका हुन् । बुढाले एथलेटिक्सतर्फको ‘तीन हजार मिटर स्टेबल चेस’ पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिलाएका हुन् । पोखरा रङ्गशालामा सोमबार भएको प्रतिस्पर्धामा बुढाले नेपाल एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका जिल्ला विकास समिति जुम्लाका एथलेटिक्स प्रशिक्षक हरि रोकायाले पोखराबाट राससलाई जानकारी दिनुभयो । रजत पदक जितेका एपिएफका अजित यादवले नौ मिनेट २१ दशमलव १० सेकेन्डमा निर्धारित दूरी पार गरे । आर्मीका सुवास कार्कीले कास्य पदक हात पारेका छन् । उनले नौ मिनेट २२ दशमलव १५ सेकेन्डमा पूरा गरे । स्वर्णसँगै आफू पहिलो हुनेमा आत्मविश्वासी रहेको बुढाले बताए । जागिरका लागि भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको भन्दै उनले १३औँ सागमा आफूलाई दुई महिनाअघि बोलाएको तर जागिरका कारण आउन नसकेको बताए । उनले भातरबाट एसियन च्याम्पियनसिप खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0