सुर्खेत । सुर्खेतमा देउसीभैलो कार्यक्रम बिहान ७ बजेदेखि देखि बेलुका ७ बजेसम्म मात्रै खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार एक सूचना जारी गर्दै देउसीभैलो कार्यक्रमका लागि उक्त समय तोकेको हो ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन पनि अनुरोध गरेको छ । सूचनाको अवज्ञा गरेर कानुन विपरीतका कार्यहरु गरे/गराईएको पाईएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
दिपावलीको समयमा दियो,मैनबत्ती,पालाहरु बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरि दिपावली मनाउँदा आगजनी जस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने भएकोले यस तर्फ सचेत रहन पनि प्रशासनको अनुरोध रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा जारी सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0