अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्ड र इंग्ल्याण्डले विजयी सुरुवात गरेका छन ।
सुपर १२ अन्तर्गत शनिबार भएका खेल जित्दै न्युजिल्यान्ड र इंग्ल्याण्डले सुखद सुरुवात गरेका हुन ।
शनिबार भएको पहिलो खेलमा न्युजिल्यान्डले आयोजक अष्ट्रेलियामाथी ८९ रनको सानदार जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अस्ट्रेलियालाई दुई सय एक रनको विशाल लक्ष्य दिएको थियो ।
जवाफमा घरेलु टोलिले १७ दशमलव १ ओभरमा अल आउट हुँदै एक सय ११ रनमै समेटियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २८ र प्याट कमिन्सले २१ रन बनाए ।
न्युजिल्याण्डका टिम साउथी र मिचेल सान्टनरले समान ३ विकेट लिए । ट्रेन्ट बोल्टले दुई तथा फर्गुसन र सोधीले एक–एक विकेट लिए

त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डका लागि
डेभोन कोनवे अविजित रहदै ९२ रन बनाए । फिन एलेनले ४२ र जेम्स निशामले २६ रन बनाए ।
अष्ट्रेलियाका जोस हेजलउडले दुई र जाम्पाले एक विकेट लिए ।
यस्तै शनिबार भएको दोश्रो खेलमा इंग्ल्याण्डले अफगानिस्तानमाथी ५ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।
अफगानिस्तानले  दिएको १ सय १२ रनको लक्ष्य इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेटाएको थियो ।
इंग्ल्याण्डका लागि उसका दायाँ हाते ब्याट्सम्यान लिभिङ स्टोनले सर्वाधिक २९ रन बनाए । त्यस्तै एडी हेल्सले १९, बटलरले १८, मलानले १८, मोइन अलीले ८, ब्रुकले ७ तथा स्टोक्सले २ रन बनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0