टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेलहरु सुरु हुँदैछन् । सुपर १२ अन्तर्गत आज समूह ‘ए’ का दुई वटा खेल हुदैँछन ।
आज हुने पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया र न्युजिल्याण्ड भिड्नेछन । उक्त खेल सिड्नीमा दिउँसो १२:४५ बजेपछि सुरु हुनेछ । दोस्रो खेल अफगानिस्तान र इंग्ल्याण्डबीच हुनेछ । उक्त खेल अपरान्ह ४:४५ बजे पर्थमा हुनेछ ।
शुक्रबार समुह चरणका खेल सकिएपछि आजबाट सुपर १२ का खेल सुरु भएका हुन ।
समूह चरणबाट जिम्बावे,आयरल्यान्ड,श्रीलंका र नेदरल्यान्ड्स सुपर १२ मा पुग्दा वेस्ट इन्डिज समुह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0