धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५४ दशमलब ५५ मा ओर्लिएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७७ मा सीमित भएको छ ।

कूल दुई सय १८ कम्पनीका १५ लाख १८ हजार सात सय ७८ कित्ता शेयर रु ४८ करोड ७३ लाख ५३ हजार छ सय ४७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज पनि दुई उपसमूहको शेयर मूल्यमा झिनो अङ्कले वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ७२ अर्ब ५९ करोड ८४ लाख २३ हजार आठ सय ३२ बराबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0