आइसिसी टि२० विश्वकपमा नामिबियाले सानदार सुरुवात गरेको छ ।
टेस्ट टोली श्रीलंकामाथि ५५ रनको सानदार जितका साथ नामिबियाले विजयी सुरुवात गरेको हो ।
१ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा पुरै विकेट गुमाएर १ सय ८ रनमै समेटिएको थियो । श्रीलंकाका कप्तान दाशुन शनकाले सर्वाधिक २९ रन बनाए । पाथुम निसंका ९, कुशल मेन्डिस ६, धनन्जय डि सिल्भा १२ र धनुष्का गुणाथिलका शून्यमा आउट भए ।
यस्तै, भानुका राजपक्षेले २० रन जोडे । वानिन्दु हसरंगा ४, चामिका करुणारत्ने ५ र दुश्मन्था चामिराले ८ रन बनाए । महेश थिक्सेना ११ रनमा अविजित रहे ।
नामिबियाका बेन शिकोङ्गो,जान फिंलिक,डेविड विजा र बेर्नाड स्कोल्ट्ज सबैले समान दुई दुई विकेट लिए ।
त्यसअघि साइमन्ड्स स्टेडियम जिलङमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले पुरा ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । नामिबियाको लागि ज्यान फ्रिलिंकले सर्वाधिक ४४ रन बनाए । उनी अन्तिम बलमा रन आउट भएका थिए ।
यस्तै जेजे स्मित ३१ रनमा अविजित रहँदा लोफ्टी ईटन २०, स्टेफन ब्राड २६ र कप्तान गेरार्ड इरास्मस २० रनमा आउट भए ।
श्रीलंकाका प्रमोद मधुसानले २ विकेट लिए । वानिन्दु हसरंगा, चामिका करुणारत्ने, दुश्मन्था चामिरा र महेश थिक्सनाले एक एक विकेट लिए ।
उद्घाटन खेलमा श्रीलङ्कालाई हराउँदै नामिबियाले महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेकाे छ । समूह ‘ए’ मा यी दुईसहित नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0