राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रणामीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रमाणित भएका विधेयकमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0