अष्ट्रेलियाविरुद्धको पहिलो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी भएको छ ।

अष्ट्रेलियाको पर्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा अष्ट्रेलिया ८ रनले पराजित भएको हो ।उक्त जितसँगै इंग्ल्यान्डले ३ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।

इंग्ल्यान्डले दिएको २ सय ९ रनको लक्ष्य पट्याएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाएर २ सय रनमै अल आउट भएको थियो ।

अष्ट्रेलियाका लागि डेबिड वार्नरले ७३ रनको अर्धशतकीय ईनिङ खेले । मिचेल मार्शले ३६ तथा मार्कस स्टोईनसले ३५ रन बनाए ।यस्तै म्याथ्यु बेडले २१ तथा कप्तान आरोन फिन्चले १२ रन बनाए ।
इंग्ल्यान्डका मार्क उडले ३ तथा रिच टोप्ले र साम करनले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । इंग्ल्यान्डका एलेक्स हेल्सले ८४ तथा कप्तान जोस बटलरले ६८ रन बनाएका थिए ।
यस्तै क्रिस वोक्सले अविजित १३, ह्यारी ब्रुक्सले १२, मोईन अलिले १० र बेन स्टोक्सले ९ रन बनाए।
अष्ट्रेलियाका लागि नेथन एलिसले ३ तथा डेनियल साम्स,मार्कस स्टोईनस र केन रिचर्डसनले समान १/१ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल बुधबार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0