काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ मा युवा नेता अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अर्थशास्त्र सम्बन्धि अध्यन गरेका बोहराले पहिले देखि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई रवि लामिछाने नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टीले चुनाव लड्न अफर गरेको थियो । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कारण पार्टीबाट चुनाव लड्नु राजनैतिक बेइमानी हुने भन्दै बोहराले स्वतन्त्र लड्ने अडान लिदै आएका थिए । उम्मेदवारी दर्ता गरेपछि बोहराले मुलुकको ध्यान अब केही दशक आर्थिक बिकासमा लगाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0