घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले जितेको छ ।

आइतबार राति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इंग्ल्यान्डले सिरिज ४-३ ले कब्जा गरेको हो ।

लाहोरमा इंग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले पुरै ओभर खेल्दा ८ विकेटको क्षतिमा मात्रै १ सय ४२ रन बनाउन सक्यो ।

पाकिस्तानका लागि शान मासुदले सर्वाधिक ५६ रन, खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमेदले १९ रन बनाए । कप्तान बाबर आजम ४ र पाकिस्तानका अर्का भरपर्दा ब्याटर मोहम्मद रिजवान १ रनमा आउट भएका थिए ।
इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पूरा ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय ९ रनको विशाल योगफल बनाएको थियो ।
इंग्ल्यान्डका लागि डेविड मालनले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, ह्यारी ब्रुकले अविजित ४६ रन, बेन डुकेटले ३० तथा फिल साल्टले २० रन बनाए ।
पाकिस्तानका  मोहमद हस्नेनले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0