एजेन्सी – फ्रान्सेली लिग वान अन्तर्गत गयराती भएको खेलमा पिएसजिले जित निकालेको छ ।
अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको हो ।
पिएसजीले निसलाई २–१ ले पराजित गरेको हो । खेलको २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएजीलाई सुरुवाती अग्रता दिलाए । उनले फ्रीकिकमार्फत सिधै गोल गरेका थिए । यस्तै ४७औं मिनेटमा निसका गाइटान लाबोर्डेले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए । त्यसपछि ८३औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाए ।
उक्त जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ९ खेलबाट २५ अंक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0