काठमाडौं – काठमाडौंको क्षेत्र नम्बर दुईमा भएको स्वतन्त्र चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार अनुप बोहराले आर्थिक समृद्धिको बहस संसदमा चलाउन आतुर रहेको बताएका छन् ।

पेप्सिकोलाको बार हाउसमा सयौं युवाको उपस्थितिमा उम्मेदवार बोहरालाई आफ्ना एजेन्डा राखेका थिए ।

“नेपालमा अबको निकास आर्थिक बिकास नै हो , आजको दिनमा हाम्रो देशको मुख्य लक्ष्य तीब्र आर्थिक वृद्धि र न्यायिक वितरण हो ” बोहराले सम्बोधन गर्दै भने ।

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका बोहराले दिनहुँ विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन् । उनलाई पार्टीका स्थानीय नेताहरु सहकार्यका लागि आग्रह गरिरहेका छन् तर स्वतन्त्र उम्मेदवारी दिएका कारण बोहोरा पार्टी सङ सहकार्य नगर्ने अडान लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0