पाकिस्तानविरुद्धको छैटौं टी-ट्वान्टीमा इंग्ल्यान्डले जित निकालेको छ ।

शुक्रबार राति लाहोरमा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

उक्त जितसँगै दुई देशवीचको शृङ्खला ३-३ को अबस्थामा पुगेको छ । दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

घरेलु टोलि पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

इंग्ल्यान्डको जितमा फिल साल्टले ८७ रनको योगदान दिए ।
यस्तै बेन डुकेटले २६ रन,एलेक्स हेल्सले २७ रन र डाविड मालनले २६ रन बनाए ।
पाकिस्तानका शादब खानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै इफ्तिखर अहमदले ३१,  हैदर अलीले १८ र मोहमद नवाजले १२ रन जोडे ।
इंग्ल्यान्डका डेविड विलि र साम करनले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0