सुर्खेत । कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका इजाजत लिई राखिएका विभिन्न किसिमका हात हतियार कात्तिक ५ गतेसम्म नजिकको प्रहरी इकाईहरु मार्फत् जिल्ला प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ,निस्पक्ष,शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्न ईजाजत प्राप्त हातहतियारहरु निर्वाचनपश्चात् फिर्ता पाउने गरि प्रहरी कार्यालयमा बुझाउन प्रशासनले अनुरोध गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0