कर्णाली प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सम्हाल्ने भएका छन्।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानडाको ओटावामा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरचनलाई जिम्मेवारी दिएकी हुन्।
राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शेरचनलाई जिम्मेवारी दिएको जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0