इङ्ग्ल्यान्डविरुद्धको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति घरेलु मैदान लाहोरमा भएको खेलमा पाकिस्तानले ६ रनको रोमाञ्चक जित हात पारेको हो ।
पाकिस्तानले दिएको १ सय ४६ रनको मध्यम लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्रै बनाउन सक्यो ।
इङ्ग्ल्यान्डका लागि कप्तान मोइन अलीले अविजित रहदै ५१ रनको योगदान दिए । डेभिड मेलनले ३६ तथा साम करनले १७ रन बनाए ।
पाकिस्तानका हरिस राउफले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले ।
यस्तै इफ्तिखार अहमदले १५,आमर जमालले १० बनाउदा अरु खेलाडिले दोहोरो अंक छुन सकेनन। कप्तान बाबर आजम ९ रनमा आउट भएका थिए ।
इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए ।
गयरातीको जितसँगै ७ खेलको टी–२० शृङ्खलामा पाकिस्तानले ३–२ को अग्रता लिएको छ ।
दुई देशवीचको छैटाैँ खेल  शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0