बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।
नेपालका लागी तीनवटै गोल अन्जन विष्टले गरेका हुन । अन्जनले खेलको १८, २७ र ३८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन ।
यस्तै बंगलादेशले भने दोश्रो हाफमा एक गोल फर्काएको हो । दोश्रो हाफमा केही आक्रामक देखिएको बंगलादेशले थप गोल भने गर्न सकेन । दोश्रो हाफमा नेपालले पनि गोल गर्ने केही अवसर गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0