घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा शानदार जित हात पारेको छ ।

कराँचीमा बिहीबार राति सम्पन्न खेलमा पाकिस्तानले पाहुना टोलिलाई १० विकेटले पराजित गरेको हो ।

इंग्ल्यान्डले दिएको २ सय रनको विशाल लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले । उनले ६६ बलमा ५ छक्का र ११ चौकाको मद्दतले अविजित १ सय १० रन बनाए ।
यस्तै मोहम्मद रिजवनले पनि अविजित रहदै ५१ बलमा ८८ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९९ रनको विशाल योगफल बनाएको थियो । उसका लागे कप्तान मोईन अलिले अविजित ५५ रनको अर्धशतकिय ईनिङ खेले ।
यस्तै बेन डुकेटले ४३, ह्यारी ब्रुक्सले ३१,फिलिप साल्टले ३० तथा एलेक्स हेल्सले २६ रन बनाए ।
पाकिस्तानका हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए ।
आजको जितसँगै इंग्ल्यान्डविरुद्ध पाकिस्तानले ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।यसअघी मंगलबारको खेलमा पाकिस्तानले हराउदै पाहुना टोलिले १-० को अग्रता बनाएको थियो
अब दुई टोलीबीचको तेस्रो खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0