पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रीकेटमा घरेलु टोली भारत अष्ट्रेलियासँग पराजित भएको छ ।

मंगलबार राति मोहालीमा भएको खेलमा अष्ट्रेलियाले भारतमाथी ४ विकेटको शानदार जित निकालेको हो ।

भारतले दिएको २ सय ९ रनको बिशाल लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय इनिङ खेल ।
म्याथ्यु वेडले ४५, स्टिभ स्मिथले ३५,कप्तान आरोन फिन्चले २२, टिम डेभिडले १८ र जोश इंग्लिसले १७ रन बनाए ।
भारतका अक्षर  पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डयले अविजित ७१ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै केएल राहुलले पनि ५५ रनको अर्धशतकीय इनिङ खेल्दा सूर्यकुमार यादवले ४६ रन जोडे ।

अष्ट्रेलियाका नाथन एलिसले ३ तथा जोश हाजलउडले २ विकेट लिए ।

यस जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब दोश्रो खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0