पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रीकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएको छ ।

पाकिस्तानको कराचीमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डसँग पाकिस्तानलाई ६ विकेटले पराजित भएको हो ।

पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले ४ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा एलेक्स हालेसले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै ह्यारी ब्रुक्सले अविजित ४२ रन तथा बेन डुकेटले २१ र डाविड मालनले २० रन जोडे ।
पाकिस्तानका लागि उस्मान कादिरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि पाकिस्तानले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ६८ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान बाबर आजमले ३१ तथा इफ्तिखर अहमेदले २८ रन बनाए ।
इंग्ल्यान्डका लुक उडले ३ र आदील राशिदले २ विकेट लिए ।

यस जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोश्रो खेल बिहीवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0