सुर्खेत । कर्णाली प्रदेशमा रहेका निजी शैक्षिक संस्थाहरुको एकीकरणसँगै नियमन गर्न नेपाल निजी शैक्षिक संघ स्थापना गरिएको छ।
नवस्थापित संघको संयोजकमा त्रिभुवन ढकाल तथा उहाँको संयोजकत्वमा १३ सदस्यीय संघ गठन गरिएको छ ।
संयोजक ढकालका अनुसार संघको मुख्य उद्देश्य प्रदेशमा रहेका स्कुल र कलेजबाहेकका शैक्षिक संस्थाहरुलाई एकीकृत तथा नियमन गर्ने हुनेछ ।
ढकालको संयोजकत्वमा रहेको नेपाल निजी शैक्षिक संघको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, उपाध्यक्षमा लोकेन्द्रबहादुर गिरी, सचिवमा विष्णुकान्त न्यौपाने, सहसचिवमा एपेन्द्रकुमार खत्री, कोषाध्यक्षमा तिर्थराज अधिकारी हुनुहुन्छ ।
यस्तै सक्रिय सदस्यहरुमा सन्तोष दाहाल, रमेशबहादुर गुरुङ, सहकोषाध्यक्षमा गणेश सिंह ठकुरी रहनुभएको छ ।
सल्लाहकार सदस्यमा कृष्णप्रसाद ढकाल, सन्तोष शर्मा, प्रेमप्रसाद सापकोटा र ध्रुवबहादुर सिंह हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0