काठमाडौं – पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमालले चोलेन्द्र जवरालाई निर्वाद रूपमा सर्वोच्च फर्किन दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभमा रहेको सदस्यका आधारमा पनि एमाले र लोसपा तयार नहुदा दुईतिहाई नपुग्ने भएका कारण महाअभियोग बिफल भएको किरणले तर्क गरेका छन् ।

नेपाल बार एसोसिएसन प्रति टिप्पणी गर्दै कुनै साझा संस्था नभई दलमा लागेका अधिवक्ताहरुको झुन्ड रहेको आरोप महामन्त्री किरणको छ ।

कार्यपालिकालाई न्यायपालिका माथि हस्तक्षेप नगर्न चेतावनी दिदै महामन्त्री किरणले लेखेका छन् “न्यायलयमा पुनर्जागरण आवश्यक छ त्यसका लागि न्यायलयमा दलका कार्यकर्ता भर्ती गर्ने, त्रुटिपूर्ण अलोकतान्त्रिक न्याय परिषद संरचना र शक्ति पृथकिकरणलाई अवरोध गर्ने कुरालाई खरानी बनाउनेतर्फ सोचौं “।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0