अन्तिम खेलमा केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले तीन वान डेको श्रृंखला क्लिन स्विप गरेको छ । सोमबार केन्याको नैरोबीमा भएको अन्तिम खेलमा नेपालले केन्यामाथी जित हासिल गरेको हो ।

केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७ बल बाँकी छँदै पूरा गर्यो

नेपाललाई जित दिलाउन आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक प्रहार गरेका थिए । आसिफले ५६,अर्जुनले ५८ र बसिरले ५२ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ३३, र कप्तान रोहित पौडेलले ४६ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर २५५ रन बनाएको थियो  । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारी समान २ र शहाब आलम र बसिर अहमदले १-१ विकेट लिए ।

यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज जितेको छ । नेपालले यस अघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0