युएईमा जारी एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुदैछ ।

समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुदैँछ।

एसिया कपको सात पटकको च्याम्पियन भैसकेको भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत  गर्न चाहन्छ । यस्तै दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।

यी दुई टोलिको पछिल्लो पटक २०२१ को टी-ट्वान्टी विश्वकपमा भेट भएको थियो । जहाँ पाकिस्तानले १० विकेटको शानदार जित हासिल गरेको थियो ।
आजको खेलमा पनि पाकिस्तान भारतविरुद्ध लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ भने भारत हारको बदला लिने दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0