सुर्खेत – सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले चुनावमा गरेको बाचा पूरा गरेका छन् । निर्वाचनका दौरान आफू निर्वाचित भएपछि सामाजिक सुरक्षा भत्ता घरमै गएर दिने प्रतिबद्धता गरेका थिए ।

गाउँपालिकाको केन्द्रमा एउटामात्र बैंक छ , सबै वडा बाट सामाजिक सुरक्षा भत्ता लिन लाइन लाग्नुपर्ने सास्ती अब अन्त्य भएको गाउँपालिका अध्यक्ष चन्दले बताएका छन् ।

सुर्खेतको पुर्वी भेकमा रहेको सिम्ता गाउँपालिकामा ९ वटा वडा छन् । करिब पच्चीस हजार जनसंख्या रहेको गाउँपालिकामा अब सामाजिक सुरक्षा भत्ता वितरण सहज हुने भएको छ ।

वडा नम्बर १ स्थिति बिक्रम हमालले गाउँपालिकाको निर्णयको स्वागत गर्दै बल्ल स्थानीय तह भएको महसुस गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0