काठमाडौं – पुनर्जागरण पार्टीका नेताहरू पशुपति पुगेर स्वर्गीय प्रदीप गिरिलाई श्रद्धाञ्जली दिएका छन् ।

पार्टी अध्यक्ष श्याम बाबु गौतम , महामन्त्री रवि किरण हमाल र प्रवक्ता सदिक्षा केसी पशुपति आर्यघाटमा पुगेर गिरिलाई श्रद्धाञ्जली दिएका हुन ।

प्रदीप गिरि जस्तो बौद्धिक र निष्ठावान नेता गुमाउनु परेकोमा दु:खद व्यक्त गर्दै नेपाली राजनीतिमा गिरि जस्ता नेताहरूको अभाव खड्किरहने अध्यक्ष गौतमले प्रतिक्रिया दिए ।

राजनीतिमा सत्तालाई भन्दा पुनर्जागरण र रुपान्तरणलाई सदैव प्राथमिकता राख्ने नेताहरू थोरै हुन्छन् , त्यसमध्ये प्रदीप गिरि हुनुहुन्थ्यो आज म उहाँको बैकुण्ठमा बास होस भनी प्रार्थना गर्दछु , महामन्त्री किरणले भावुक हुँदै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0