काठमाडौं – सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेपछि राजनैतिक दलहरू निर्वाचन केन्द्रित भएका छन् । भर्खरै मात्र निर्वाचन आयोगमा दर्ता भएको पुनर्जागरण पार्टीका महामन्त्री , प्रवक्ता लगाएत केन्द्रीय नेताहरू भने जङ्गल लागेका छन् ।

महामन्त्री रवि किरण हमालको नेतृत्वमा केन्द्रिय नेताहरू शिवपुरीको जङ्गलतर्फ लागेका छन् । प्रवक्ता सदिक्षा केसी,केन्द्रिय सदस्यहरु अर्लिन घिमिरे , तुलसी भण्डारी लगाएत दर्जनभन्दा बढी नेताहरू जङ्गलमा प्राकृतिको काखमा विचार निर्माणका लागी छलफलमा जुटेका छन् ।

चुनावमा केन्द्रित हुनुपर्नेमा नेताहरू जङ्गल तिर लाग्नु लाई कसरी बुझ्ने भन्ने प्रश्नमा महामन्त्री हमाल भन्छन् ” पुर्वीय सभ्यतालाई हेर्ने हो भने ऋषिमुनि देखि दार्शनिकहरु प्राकृतिको काखमा ध्यान तपस्या गरेर , त्यही लिन भएर संसारलाई नयाँ संदेश दिएको उदाहरण सुनाउदै पुनर्जागरण पार्टीका नेताहरू मस्तिष्कलाई पुन जागृत गर्न जङ्गल आएको हो । ”

निर्वाचनको प्रसङ्गमा महामन्त्री किरणले यो निर्वाचनलाई गालीग्लोजको प्रतिस्पर्धा , एकले अर्कालाई खुइल्याउने प्रतिस्पर्धा , एकले अर्कालाई पछार्ने र बदनाम गर्ने प्रतिस्पर्धाको संग्या दिएका छन् ।

महामन्त्री किरणको टिम पार्टीका दस्तावेज निर्माणकार्यमा लाग्ने प्रवक्ता सदिक्षा के.सीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0