काठमाडौं – पुनर्जागरण पार्टीको प्रवक्ता सदिक्षा के.सीले वर्षौं देखि चलिरहेको फोहोरमा राजनीति अन्त्य गर्न माग गरेकी छिन् ।

प्रवक्ता केसीले बालेन सफल वा असल हुने कुरा प्रधान नभएको भन्दै प्रश्न गरेकी छिन् ” बालेन सफल हुने असफल हुने कुरा ठुलो होईन , राजधानीको फोहोर उठ्छ कि उठ्दैन ? ।

देशको राजधानीमा सयौं देशका नागरिकहरु बसोबास गरिरहेकाले काठमाडौंको फोहोरले अन्तर्राष्ट्रिय स्तरमै पर्यटन बारे कस्तो सन्देश जान्छ ? भनेर समेत प्रश्न गरेकी छिन् ।

केसीले भनेकी छिन् “बालेन असफल हुन् , उनलाई असफल बनाउ – तर फोहोर उठाउ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0