काठमाडौं – पुनर्जागरण पार्टी नेपालका अध्यक्ष श्याम बाबु गौतम ले पार्टी सत्ता नभई सडक केन्द्रित हुने बताएका छन् ।
पार्टीको केन्द्रीय समितिले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष श्यामबाबु गौतमले आफूहरुको मुख्य उद्देश्य भनेको नै सडकमा जाने भएको सुनाए । उनले पार्टीको चुनाव चिन्ह मैनबत्ती रहेको पनि सुनाए । उनले भने,‘यो सदन जाने पार्टी होईन, सडकमा जाने पार्टी हो । निर्वाचनको संयन्त्रको औचित्य छैन् । यो यो मिल्दा, यति परीणाम आउँछ भन्ने । अहिलेको व्यवस्था, कर्मचारीतन्त्र, कुटनीतिक क्षेत्र, न्यायालय सबैमा पूनर्जागरण ल्याउनुपर्छ । एक दलको दुई तिहाई आएपनि केही काम छैन् । अहिलेको चुनावको औचित्य छैन् । युवाहरु राजनीतिक दलको दुव्र्यसनीबाट मुक्त हुनुपर्छ । अहिले हेर्नुहोस न सडक खाली छ । प्रतिपक्षी आन्दोलन कमजोर छ ।’
निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक पुनर्जागरण पार्टीले रिपोटर्स क्लबमा आज पत्रकार सम्मेलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0